सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम फिर्ता हुन्न: ओली
काठमाडौं, बैशाख १६। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम फिर्ता नहुने बताएका छन्। उनले पहिचानवादीहरूलाई दुईतिहाइ ल्याएर कोशी प्रदेशको नाम फेरेर देखाउन चुनौती समेत दिए। तीनदिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ओलीले प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम फिर्ता नहुने दाबी गरे।
प्रतिक्रिया दिनुहोस्