नेपालले कुवेतलाई दियो २८२ रनको चुनौतीपूर्ण लक्ष्य
काठमाडौं, बैशाख १६। नेपालले जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रनको योगफल तयार पार्यो। नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रन बनाए। रोहित ६ रनले शतक बनाउन चुके।
प्रतिक्रिया दिनुहोस्