भ्रष्टाचारमा पाँचवर्षे हदम्याद स्वीकार्य छैन :विश्वप्रकाश शर्मा काठमाडौं, बैशाख १६। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँचवर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्विकार्य नहुने बताएका छन्। सरकारले संसदमा पेश गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको सो पाँच वर्षे हदम्याद आफूहरुलाई स्विकार्य नहुने उनको अडान थियो। विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शर्माले सो प्रस्ताव सिंगै देशलाई मान्य नहुने पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्