नेपाल एसीसी प्रिमियर कपको फाइलनमा
काठमाडौं, बैशाख १६। नेपाल एसीसी प्रिमियर कपको फाइलनमा पुगेको छ। कुवेतसँग सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको हो। वर्षाका कारण खेल ४२ ओभरमा छोट्याइएको थियो। नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २८१ रन बनाएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो।
प्रतिक्रिया दिनुहोस्