रास्वपा अध्यक्ष लामिछानेलाई फकाउँदै प्रधानमन्त्री दाहाल
काठमाडौं, १७ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता भएको छ। आइतबार विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले प्रतिनिध सभा सदस्यमा निर्वाचित भएकोमा लामिछानेलाई बधाई दिएका थिए।भेटमा रास्वपालाई सरकारमा सहभागि गराउने तथा सरकारलाई दिएको समर्थनका बिषयमा छलफल भएको थियो।गत शुक्रबार लामिछानेले पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्