कपनकी निराको हत्या गरेको अभियोगमा झापाबाट एकजना पक्राउ
काठमाडौं, १७ वैशाख। कपनको सरस्वतीनगरस्थित भाँडा पसल सञ्चालक नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ। तर, प्रहरीले पक्राउ अभियुक्तको नाम भने सार्वजनिक गरेको छैन। अनुसन्धानकै क्रममा रहेको हुँदा अभियुक्तको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाई छ। निरा हत्या अनुुसन्धानका लागि प्रहरीले एआईजी किरण बज्रचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस्