कांग्रेस नेता चन्द्र भण्डारी उपचारपछि आज भारतबाट स्वदेश फर्कँदै काठमाडौं, १९ वैशाख। ‘ग्यास लिक’पछि भएको आगलागिबाट घाइते कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आइतवार साँझ स्वेदश फर्कँदै छन्। उनको दुई महिनादेखि भारतको मुम्बाईस्थित नेश्नल बर्न सेन्टरमा उपचार भइरहेको थियो। स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनलाई आइतवार काठमाडौं ल्याउन लागिएको हो। उनी नेपाल एयरलाइन्सको जहाजमा साँझ ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनको बाँकी उपचार काठमाडौंमै हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्