चिन्ह र नाममा एकरुपता नल्याउने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने
काठमाडौं, १७ वैशाख। काठमाडौं महानगरपालिकाले चिन्ह र नाममा एकरुपता नल्याउने विद्यालयलाई कारबाही गर्ने भएको छ। मातहतका सबै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याउन यस्तो गर्न लागिएको हो। महानगरपालिकाका अनुसार मातहतका विद्यालयले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याउनु पर्नेछ। महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत नियम पालना नगर्ने विद्यालयलाई कारबाही गरिने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्