मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरधाममा स्थापना, गृहमन्त्री श्रेष्ठले गरे कार्यालयको उद्घाटन
काठमाडौं, १७ वैशाख। मिटरब्याज पीडितको समस्य समाधान गर्न गठित अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगको कार्यालय धनुषाको जनकपुरधाममा खोलिएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतवार बिहान कार्यालयको उद्घाटन गरेका हुन्। कार्यालय स्थापना लगतै अब मिटरब्याजसँग सम्वन्धित सम्पूर्ण काम जनकपुरधामबाटै हुनेछ। कार्यालय नहुँदा आयोगले सिंहदरवारस्थित गृहमन्त्रालयबाटै काम गर्दै आएको थियो। कार्यालय उद्घाटनपछि गृहमन्त्री श्रेष्ठले दु्रतगतिमा काम सक्न निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस्