उपचारपछि राष्ट्रपति आज भारतको नयाँदिल्लीबाट स्वदेश फर्किदै
काठमाडौं, १७ वैशाख। भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन्। राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सोझै विमानस्थलहुँदै काठमाडौँ आउने कार्यक्रम छ। स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो।
प्रतिक्रिया दिनुहोस्