सरकार र महावीर पुनबीचको वार्ता सकारात्मक, पुनले भने– चाँडै वार्ता टुङ्गिने आशा बढेको छ काठमाडौं, १७ वैशाख। सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ता सकारात्मक भएको छ।विगत तीन दिनदेखि आन्दोलनमा रहेका पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सरकारी वार्ता टोलीबीच रक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको हो। वार्ता पछि आविष्कार केन्द्रका संस्थापक पुनले भने,‘वार्ता सकारात्मक छ।वार्ताप्रति सरकार गम्भीर देखियो, प्रधानमन्त्रीको चासो पनि राम्रो पाएँ।चाँडै वार्ता टुङ्गिने आशा बढेको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्