सुनको सिक्री चोर्ने नियतले निरा आचार्यको हत्या
काठमाडौं । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी व्यापारी निरा पाण्डे आचार्यको हत्या चोरी गर्ने नियतले भएको खुलेको छ। क्यासिनोमा बाउन्सरको काम गर्ने विनोद बिकले सुनको सिक्री र नगद लुट्ने उद्देश्यले निराको हत्या गरेको स्वीकारेका हुन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको अनुसन्धानबाट खुलेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्