वीर अस्पतालको पर्खाल भत्किदा बिरामी कुरेर बसेका ४ जना घाइते काठमाडौं, १७ वैशाख। आइतबार दिउसो वीर अस्पतालको पुरानो घरको पर्खाल भत्किदा ४ जना घाइते भएका छन्। पर्खाललाई नछोपेको र घामपानीले असर गरेर कमजोर बनेको पर्खाल आज परेको पानीले भत्काएको अस्पतालले जनाएको छ। छतको पर्खाल खसेर बिरामी आफन्त कुरेर बसेका अंशु चौधरी,धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी घाइते भएका छन्।घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्