उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फर्किए
काठमाडौं, १८ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभपछि आइतवार राती स्वदेश फर्किएका छन्। उनको भारतको नयँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स) अस्पालतमा उपचार भइरहेको थियो। स्वास्थ्यमा उल्लेख्य सुधारपछि उनी आइतवार नै अस्पतालबाट डिस्चार्ज भएका थिए। त्यसलगतै, उनी नेपाल एयरलाइन्सको नियमति सेवाबाट स्वदेश फर्किएका हुन्।पेट तथा छातीमा समस्या देखिएपछि उनलाई गत ६ बैशाखमा उपचारका लागि एयर एम्बुलेन्समा दिल्ली लगिएको थियो।
प्रतिक्रिया दिनुहोस्