प्रधानमन्त्री दाहालले रास्वपालाई भने– सरकारमा आउनुहोस्, भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्यो म तयार छु
काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले जुनसुकै समयमा भएको भ्रष्टचारका फाइन खोल्न तयार रहेको बताएका छन्। चितवनमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री दाहालले भ्रष्टचार मुलुककै समस्या रहेको बताउँदै यसलाई निर्मुल गर्न जुनसुकै समयको फाइल खोल्न तयार रहेको बताएका हुन्। ‘म रास्वापालाई यही सरकारमा सहभागि हुन आह्वान गर्छु। सरकारमा आउनुहोस्। भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्यो। म खोल्न तयार छु,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्