श्रमिक अधिकारलाई सुनिश्चित गर्ने तर्फ अग्रसर हुनुपर्छः राष्ट्रपति पौडेल
काठमाडौं, १८ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक रहेको बताएका छन्। उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान महत्वपूर्ण हुने उनले जनाएका छन्।अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सोमबार राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा श्रमिक अधिकारलाई सुनिश्चित गर्ने तर्फ अग्रसर हुन सबैलाई आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्