योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कडाइका साथ लागू गर्छौंः प्रधानमन्त्री दाहाल
काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कडाइका साथ लागू गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सोमबार शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयहरूमा अनिवार्य र कडाइका साथ उक्त कार्यक्रम लागू गर्ने जनाएका हुन्। यसै वर्षदेखि कम्तिमा २प्रतिशत मजदुरलाई उच्च सम्मान प्रदान गर्ने नीति लिइने पनि उनले जनाए।
प्रतिक्रिया दिनुहोस्