अयोग्य लडाकुलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्छः सचिव पौडेल काठमाडौं, १८ वैशाख। नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन्। उनले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय यसअघिकै सरकारले गरेको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडी बढाएको दाबी गरे। अयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँको दरले दिँदा करिव एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने समेत उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्