एसीसी प्रिमियर कप फाइनलः ललित राजवंशीले चमत्कार देखाएको खेल पुनः वर्षाले स्थगित काठमाडौं, १८ वैशाख। नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपअन्तर्गतका फाइनल खेल पुनः रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो ब्याटिङमा उत्रिएको यूएईले २७.३ओभरमा ९विकेटको क्षतिमा १०६रन बनाउँदा खेलमा पुनः वर्षा बाधक बनेको हो। यूएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन बनाए। नेपालका लागि ललित राजवंशीले ४.३ओभर खेलेर ५ रन दिँदै ३ विकेट लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्