सुडानमा रहेका नेपालीलाई सरकारले भन्यो– अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्नु
काठमाडौं, १८ वैशाख। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै द्वन्द्वग्रस्त राष्ट्र सुडानमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। मन्त्रालयले अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न समेत भनेको छ। सुडानमा राष्ट्रसंघीय मिसनमा रहेका बाहेक सम्पर्कमा आएका ३० जना नेपालीमध्ये १९जनालाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ। बाँकी ११जनलाई पनि सुरक्षित स्थानमा सार्ने तथा नेपाल फर्काउने कार्य भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्