सांसद महतोलाई पक्राउ गर्न प्रहरीले संसद सचिवालयलाई पुनः पठायो पत्र
काठमाडौं, १८ वैशाख। प्रहरी प्रधान कार्यालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न संघीय संसद सचिवालयलाई पत्र लेखेको छ। प्रहरीले दोस्रो पटक सभामुखलाई सम्बोधन गरेर पत्र पठाएको हो। ‘सांसद कोइरीलाई पुर्पक्षमा राखेर कारबाही गर्नु भन्ने अदालतको आदेश छ। त्यो जानकारी राखेर सभामुखलाई हामीले पत्राचार गरेका हौं,’ प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्