सरकार र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति
काठमाडौं, १८ वैशाख। सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ। सरकारी वार्ता टोली र आविष्कार केन्द्रका अध्यक्ष पुनबीच सोमबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको वार्तामा सहमति भएको हो। अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धि कार्यहरु एकीकृतरुपमा सञ्चालन गर्न सरकारले एउटा कोष स्थापना गर्ने र कोषबाट सम्बन्धि कार्यहरुमा लगानी गर्ने सहमति भएको छ।
प्रतिक्रिया दिनुहोस्