रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने
काठमाडौं, १८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता चयन गरेको छ। सोमबार काठमाडौंमा बसेको पार्टी संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो। दलको नेतामा पार्टी सभापति लामिछानेलाई सर्वसम्मतिले चयन गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए। त्यसैगरी बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस्