एसीसी प्रिमियर कप फाइनलः यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउँदै नेपाल काठमाडौं, १९ वैशाख। एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ। निर्धारित ५० ओभरको खेलमा यो समाचार तयार पारुन्जेलसम्म १३ ओभर खेल्दै नेपालले ३ विकेटको क्षतिमा ३५ रन जोड्न सफल भएको छ। नेपालका ब्याटर कुशल भुर्तेल, आसिफ शेख र रोहित पौडेल आउट भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्