युक्रेनको बख्मुतमा २० हजार रुसी सैनिक मारिएको अमेरिकी दाबी
काठमाडौं, १९ वैशाख। अमेरिकाले पछिल्लो पाँच वर्षयता युक्रेनको बख्मुतमा भएको युद्धमा २० हजार रुसी सैनिक मारिएको दाबी गरेको छ। अमेरिकाको नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीका अनुसार बख्मुत सहमा भएको युद्धमा कम्तिमा ८० हजार रुसी सैनिक घाइते भएका छन्। व्हाइट हाउसले ताजा गुप्तर रिपोर्ट भन्दै बख्मुतमा मारिने २० हजार सैनिकमा आधा वागनर समूहका सैनिक रहेको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस्