तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा सञ्चालनमा, निर्यातका लागि सहजता हुँदै काठमाडौं, १९ वैशाख। नेपाल–चीन व्यापारीक नाका तातोपानी ८वर्षपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। ८वर्ष भन्दा बढी समयदेखि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको तातोपानी नाका सोमवारदेखि दुईतर्फी आयात निर्यात खुला भएको हो। भूकम्पको बहानामा चीनले तातोपानी नाका दुवैतर्फ सञ्चालनमा अवरोध गरिरहेको थियो। भूकम्पपछि तातोपानी नाका करिव ४वर्ष पूर्णरूपमा ठप्प थियो।सोमवारदेखि आयात निर्यात दुवैतर्फ सञ्चालनमा आएपनि मानव आवतजावत प्रतिवन्ध नै रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्