राष्ट्रपति पौडेलले भारतमा उपचार गर्दा लागेको खर्च आफैँ व्यहोर्ने
काठमाडौं, १८ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैँले व्यहोर्ने चाहना व्यक्त गरेका छन्। मंगलबार राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका हुन्। ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ जारी प्रेस नोटमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्