वर्तमान सरकारले देशलाई बर्बादीतर्फ लग्योः ईश्वर पोखरेल
काठमाडौं, १९ वैशाख। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले देशलाई बर्बादीको दिशा तर्फ लगेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रम बोल्दै उनले जनतालाई सेवा दिने कुनै काम सरकारले नगरेका जनाए। वरिष्ठ उपाध्यक्ष पोखरेलले देशलाई यस्तो अवस्थाबाट बाहिर ल्याउन एमाले शक्तिशाली हुनु आवश्यक रहेको बताए।उनले अब आउने चुनावमा एमाले एक्लैले बहुमत ल्याउने उद्देश्यका साथ अगाडि बढ्नु पर्ने बताए।
प्रतिक्रिया दिनुहोस्