नवनिर्वाचित सांसद यादवले लिए पद तथा गोपनीयताको शपथ काठमाडौं, १९ वैशाख। नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्। गत शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण उनलाई आज शपथ गराइएको हो।शपथपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मन्त्रालयभन्दा पनि सरकारको स्थायित्व महत्वपूर्ण रहेको बताए।सरकारको स्थिरता लोकतन्त्रको विकासमा पनि एकदमै आवश्यक रहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्