अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने बारको चेतावनी
काठमाडौं, १९ वैशाख। प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ। मंगलवार नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए।उनले आन्दोलन एक हप्तासम्म जारी रहने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्