मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपण
काठमाडौं, १९ वैशाख। राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको छ। मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यालयले वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गरेको हो। सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेपनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६प्रतिशतमा नै सिमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको हो।
प्रतिक्रिया दिनुहोस्