चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने काठमाडौं, १९ वैशाख। राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१अर्ब पुग्ने अनुमान गरेको छ। मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै कार्यालयले उक्त कुरा जनाएको हो। कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम रहेको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्