सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्नुहोस्ः प्रधानमन्त्री दाहाल
काठमाडौं, २० वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चार क्षेत्रको लागि आवश्यक नीतिगत, कानुनी एवं पुर्नःसंरचनागत सुधारकाको लागि ध्यान दिएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै उनले सञ्चार क्षेत्रको विकासका लागि श्रमजीवी प्रत्रकार ऐनको पूर्ण कार्यान्वयनको पहल भैरहेको जनाएका छन्।सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित,जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न उनले आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्