क्लबलाई थाहा नदिइ साउदी अरेबिया पुगेका लियोनेल मेस्सी परे कारवाहीमा
काठमाडौं, २० वैशाख। पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई दुई हप्ताका लागि निलम्बन गरेको छ। क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन्। दुई हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका दुई वटा खेल गुमाउने छन्। मेस्सीको पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ। मेस्सीले सम्झौता नवीकरणको प्रतीक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो।
प्रतिक्रिया दिनुहोस्