प्रधानमन्त्रीले बोलाए सत्तारुढ गठबन्धनको बैठक, रास्वपालाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी
काठमाडौं, २० वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धन दलको बैठक बोलाएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको हो। बैठकमा सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे प्रधानमन्त्री दाहाल छलफलमा छन्। आज सोही विषयमा गठबन्धन दलसँग छलफल गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्