कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैनः अध्यक्ष मगर काठमाडौं, २० वैशाख। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु नहुने बताएका छन्। बुधवार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रेस जगतले निष्पक्ष, स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने समेत जनाए। स्वतन्त्र प्रेसका मूल्य, मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सुसूचित गराउने वातावरण सरकारले तयार बनाउनुपर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्