एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हनन्का ५५ घटना, ९३ जना पत्रकार पीडित काठमाडौं, २० वैशाख। नेपाल पत्रकार महासंघले पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हनन्का ५५ वटा घटना नेपालमा भएको जनाएको छ। मे ३, २०२२ देखि अप्रिल २६, २०२३ सम्मको अवधिमा ती घटना भएका हुन्। अघिल्लो वर्ष यस्ता ७५ वटा घटना भएका थिए। पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्र हनन्का घटनाबाट ९३ जना पत्रकार र ८ सञ्चार संस्था पीडित भएको महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्