वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस काठमाडौं, २० वैशाख। सरकारले वैशाख २४गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘संसद बैठक आह्वानको निम्ति राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने निर्णय भएको छ।’ अधिवेशनमा आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्