नक्कली शरणार्थी प्रकरणः उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ काठमाडौं, २० वैशाख। उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउको पुष्टि गर्दै अहिले पाण्डेलाई प्रहरी परिसर टेकुमा राखिएको बताए।पक्राउ पुर्जी जारी भएपछि पाण्डे आफै प्रहरीको सम्पर्कमा आएको र उनलाई टेकु लगिएको हो।नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पाण्डे बुधबार दिउँसो काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्