एमाले सचिव टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी काठमाडौं, २० वैशाख। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं प्रहरीले रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो। यस्तै पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पनि यही प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्