मिटरब्याज पीडितको माग सम्बोधन गर्न राष्ट्रपतिले जारी गरे मुलुकी संहिता सम्बन्धी अध्यादेश
काठमाडौं, २० वैशाख। राष्ट्रपति रामचन्द्र्र पौडेलले बुधबार मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। मिटरव्याज पीडितको मागहरु सम्बोधन गर्न उक्त अध्यादेश जारी गरिएको हो। संविधानको धारा ११४ को उपाधारा १ बमोजिम अध्यादेश राष्ट्रपतिले जारी गरेको आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्