उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान काठमाडौं, २० वैशाख। उम्मेदवारहरुको डाटा हराएपछि लोकसेवा आयोगले पुनःदरखास्त आह्वान गरेको छ। बुधवारबाट लागू हुनेगरी आयोगले ३० दिनसम्ममा पुनःदरखास्त दिन आह्वान गरेको हो।लोकसेवा आयोगले २०७९ मंसिरदेखि माघसम्म प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनःदरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए। २०७९ मंसिरदेखि माघसम्म प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेकाहरुले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नु नपर्ने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्