जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारबाही हुनुपर्छः महेश बस्नेत काठमाडौं, २० वैशाख। एमाले नेता महेश वस्नेतले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नु पर्ने बताएका छन्।सोही प्रकरणमा बुधबार एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्ध पक्राउ पुर्जी जारी भएसँगै बस्नेतले फेसबुकमा यस्तो लेखेका हुन्।नक्कली लडाकु,बालुवाटार,वाइडबडीलगायत सबै प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्नुपर्ने माग उनले गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्