उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
काठमाडौं, २० वैशाख। उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बुधबार जिल्ला अदालत काठमाडौंले यस्तो अनुमति दिएको हो। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पाण्डे बुधबार दिउँसो काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस्