मन्त्रिपरिषद् विस्तार, थपिए कांग्रेसबाट तीन जना मन्त्री काठमाडौं, २० वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री दाहालले गरेको सिफासिरको आधारमा राष्ट्रपति रामचन्द्र पौडेले मन्त्रीहरुको कार्यभार तोकेका छन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुुसार नियुक्त भएका मन्त्रीहरुमा कानून, न्याय तथा संसदीय मामिलामा मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू रहेका छन्।नियुक्त भएका तीन जना मन्त्री नेपाली कांग्रेसका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्