बुधवार नियुक्त तीन मन्त्रीको शपथ आज हुँदै
काठमाडौं, २१ वैशाख। नवौं पटकको मन्त्रीपरिषद् विस्तारमा नियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ बिहीबार दिउँसो हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार नेपाली कांग्रेसका उपाध्यक्ष धनराज गुरुङ, केन्द्रीय सदस्य मोहन बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेको थिए। उनीहरुको सपथ बिहीवार दिउँसो ३ बजेका लागि तोकिएको छ। उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने छन्। यसअघि तीनवटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालेका थिए।
प्रतिक्रिया दिनुहोस्