गृह प्रशासनको प्रशंसा गर्दै गगन थापाले भने– नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही नछुटुन्
काठमाडौं, २१ वैशाख। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिक लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको बताएका छन्। उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ।यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन।’
प्रतिक्रिया दिनुहोस्