नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो
काठमाडौं, २१ वैशाख। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी परिसरले उनी विरुद्ध बिहीवार नै जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गर्ने जनाइएको छ। म्याद थपका लागि उनलाई बिहीवार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइएको हो। उनलाई प्रहरीले बुधवार बुटवलबाट पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्