दार्चुला हिमपहिरोः मृतकका परिवारलाई दुई–दुई लाख दिइने काठमाडौं, २१ वैशाख। दार्चुला व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा गएको हिम पहिरोमा परी मृत्यू भएकाको परिवारलाई सरकारले राहत स्वरुप जनही दुई÷दुई लाख रुपैयाँ दिने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले मृतकका परिवारलाई उक्त रकम दिने भएको हो। मंगलवार गएको हिम पहिरोमा परी नक्नी डोमा थापा,कमला कुँवर र प्रवीण कुँवरको मृत्यू भएको थियो। घटनामा दुई जना अझै बेपत्ता छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्