रवि लामिछानेका चालक थापाको मृत्यु प्रकरण अनुसन्धान होस्ः महेश बस्नेत
काठमाडौं, २१ वैशाख। नेकपा(एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको मृत्यु अनुसन्धानको बिषय भएको बताएका छन्। उनले थापाको हत्या भएको आशंका व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेका छन्। चालक र स्वकीय सचिवले नेताका निजी जानकारी राख्ने हुँदा थापाको मृत्यु शंकास्पद रहेको धारणा उनको छ।
प्रतिक्रिया दिनुहोस्